मादक पदार्थ बिक्री वितरणमा निषेध
बैशाख, काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचनको समयमा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन गर्न बन्देज लगाएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै २०७९ वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचन, २०७९ सञ्चालन तथा व्यवस्थापनका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा बन्देज लगाएको जनाएको छ । जस अनुसार स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ मादक पदार्थ निषेध गर्ने मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति २०७९/०१/२७ गते मंगलबार राती १२:०० बजे देखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा...

















