कर्मचारी सञ्चय कोषको बार्षिक उत्सवमा ओम बृद्धाश्रममा खाद्यान्न सहयोग
भदौ, हेटौंडा – कर्मचारी सञ्चय कोषको ६१ औं बार्षिक उत्सवको अवसरमा बृद्धाश्रममा खाद्यान्न सहयोग गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ओम बृद्धाश्रममा खाद्यान्न सहयोग गरिएको हो । कर्मचारी सञ्चय कोष शाखा कार्यालय हेटौंडाका प्रमुख राजेन्द्र लामिछाने सहितका कर्मचारी परिवारले ओम बृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ र कोषाध्यक्ष फणिन्द्र प्रसाद तिमल्सिनालाई खाद्यान्न तथा फलफुल सहयोग गरेका थिए । चामल दुई बोरा, दाल ५ केजी, मिक्स गेडागुडी ५ केजी, तेल ५ लिटर, नुन ५ पाकेट, मस्यौरा १ बोरा, फ्रुटी एक कार्टुन, मसला १ केजी, भुजा २ केजी, चिउरा...


















