हेटौडा अस्पतालको नयाँ भवनबाट सेवा शुरु

तामसालिङ खबर
२० भाद्र २०७९, सोमबार ०६:०९

भदौ, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालले आइतबारदेखि नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ ।

अस्पतालमा क्याबिन र भिआइपी कक्षको समेत निर्माण गरिएको नयाँ भवनबाट आइतबार देखि सेवा सुचारु गरिएको हो । सुबिधा सम्पन्न सेवा दिने भनि तयारी गरिएको नयाँ भवनमा सुचारु गरेपछि मकवानपुरबासीमा खुसी छाएको छ ।

नयाँ भवनबाट सेवा प्रदान गरिएपनि केही दिनपछि उद्घाटन गर्ने तयारीमा रहेको छ । आकस्मिक सेवा, काउन्टर, ल्याब, फार्मेसीका सेवाहरु अस्पतालमा वार्ड, क्याबिन, आइसियु, अत्याधुनिक सिटिस्क्यान सेवासहितको सेवा प्रदान गरिएको छ । डेन्टल र गाइनो बाहेकको ओपिडी सेवा पनि नयाँ भवनमा सारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*