हेटौंडामा १६ जनाको स्थायी बन्ध्याकरण

फाल्गुन, हेटौंडा – हेटौंडामा सोमबार १६ जनाको स्थायी बन्ध्याकरण गरिएको छ । नेपाल परिवार नियोजन संघ मकवानपुरमा भएको एक दिने शिविरमा १६ जनाको स्थायी बन्ध्याकरण गरिएको हो । नेपाल परिवार नियोजन संघ मकवानपुर शाखा र जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको संयुक्त​ आयोजनामा एकदिने परिवार नियोजन स्थायी बन्ध्याकरण (भ्यासेकटोमी) शिविर भएको संघले जनाएको छ ।