सरकारले १५ लाख फाइजर खोप ल्याउने

तामसालिङ खबर
१२ पुष २०७९, मंगलवार ०८:४८

पुष, काठमाडौं – सरकारले कोभिडको नयाँ स्वरूपलक्षित फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य सेवा विभागले गाभी मार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउने तयारी भइरहेको जानकारी दिए ।

फाइजर नयाँ भेरियन्टका लागि प्रभावकारी रहेको पुष्टि भएको विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेपछि खोप ल्याउने तयारी भइरहेको हो । सचिव पोखरेलका अनुसार स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले औषधि व्यवस्था विभागसँग अनुमतिसमेत मागिसकेको छ ।

महाशाखाका निर्देशक डा. विवेककुमार लालले विभागबाट आकस्मिक प्रयोगका लागि अनुमति पाउनासाथ कोभ्याक्समा पठाउने जानकारी दिए। उनले १५ लाख मात्रा खोप आउने जानकारी दिए। यसअघि अध्यादेशमार्फत आकस्मिक प्रयोगका लागि खोपको अनुमति दिइने गरेको थियो। हाललाई औषधि ऐनअनुसार औषधि सल्लाहकार समितिबाट अनुमति लिएर काम अघि बढिरहेको उनको भनाइ छ। डा. लालले कोभ्याक्सले नेपाललाई आवश्यक पर्ने थप खोप अनुदानको रूपमा उपलब्ध गराउने आश्वासन दिएको जानकारी गराए।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि नयाँ स्वरूप फैलिन सक्ने भन्दै जनस्वास्थ्य मापदण्डको पालना गर्न अपिल गरेको छ। कोभिडविरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) लगाउन पनि मन्त्रालयको आग्रह छ तर हाल नेपालमा १८ वर्षमाथि उमेर समूहका लागि बुस्टर मात्रा खोप लगाउनका लागि खोपको अभाव छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*