रेडक्रस सोसाइटी हेटौंडाद्वारा शुभकामना आदानप्रदान

असोज, हेटौडा – नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले नेपालीहरुको महान चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्बत तथा छठ लगायतका पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालको अध्यक्षता एवं बागमती प्रदेशको सामाजिक बिकास राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सामाजिक बिकास राज्यमन्त्री जुनेली श्रेष्ठलाई रेडक्रस अभियानमा महत्त्वपूर्ण योगदान दिएको भन्दै समानित गरिएको थियो । यस्तै रेडक्रसका आजिवन सदस्यहरुलाइ आजिवन सदस्यताको प्रमाणपत्र समेत बितरण गरिएको नेरेसो हेटौंडाका सभापति दाहालले जनाएको छ । हेटौंडा...