राक्सिराङमा भिडियो एक्सरेको सेवा शुरु
साउन, राक्सिराङ – मकवानपुरको राक्सिराङ गाउँपालिका मै पहिलोपटक भिडियो एक्सरे सेवा सुरु गरिएको छ । ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत गाउँपालिकाले बजेट ब्यवस्था गरे सँगै राक्सिराङ ५ ठाडेचुरीमा रहेको राक्सिराङ अस्पतालमा भिडियो एक्सरे सेवा सुचारु गरिएको हो । भिडियो एक्सरे सेवा बिहिबारबाट नियमित रुपमा सुचारु गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बिजय कापरीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाका गर्भवती महिलाहरुले निशुल्क रुपमा भिडियो एक्सरे सेवा प्राप्त गर्न सक्नेछन । राक्सिराङ अस्पतालका अलावा खैराङ, सरिखेत र काँकडास्थित स्वास्थ्य चौकीमा समेत महिनाको एकपटक सो सेवा सञ्चालन गरिने कापरीले बताउनुभयो । गाउँपालिकामै निःशुल्क अल्ट्रा...
















