मकवानपुरमा निषेधाज्ञा पुनः थपियो (निर्णय सहित)

तामसालिङ खबर
१५ श्रावण २०७८, शुक्रबार ०९:५३

साउन, हेटौडा – मकवानपुरमा जारी निषेधाज्ञा फेरी १० दिन लम्ब्याएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आजसम्मको लागि रहेको थियो ।

बुधबार जिल्ला प्रशासन कार्ययल मकवानपुरको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै जारी निषेधाज्ञालाई साउन २४ गतेसम्म लम्ब्याईएको हो ।

प्रशासनले निषेधज्ञामा बिहान ४ बजेबाट ११ बजेसम्म खाद्यन्न व्यवसाय तथा ११ बजेबाट साँझ ६ बजेसम्म अन्य व्यवसायहरु सञ्चालन गर्न अनुमति दिएको छ । संघिय सरकारले बन्द गरेका शैक्षिक संस्थाहरु सहितका व्यवसाय भने बन्दनै रहने छ ।

जिल्लामा निजि तथा सार्वजनिक यातायात संचालन भईरहेको छ । जिल्लामा गत बैशाख २१ गतेबाट निषेधाज्ञा जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*