फाखेल स्वास्थ्य चौकीमा भिडियो एक्सरे तथा ल्याब सेवा सुरु

चैत्र, हेटौडा (इन्द्रसरोवर) – उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको वडा नं. ४ स्थित फाखेल स्वास्थ्य चौकीमा भिडियो एक्सरे तथा ल्याब सेवा सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबार एक औपचारिक कार्यक्रम सञ्चालन गरी फाखेल स्वास्थ्य चौकीमा गर्भवती महिला भिडियो एक्सरे तथा ल्याव सेवा सञ्चालनमा ल्याएको हो । फाखेल स्वास्थ्य चौकीको व्यवस्थापन तथा बुद्धि गणेश पोलिक्लिनिक प्रा.लि. दक्षिणकाली, काठमाडौँको सहजीकरणमा सोमबारबाट सेवा सुरु गरिएको हो । सेवा सुरु भएसँगै वडा नं.४ फाखेल लगायत इन्द्रसरोवर गाउँपालिकाका सबै वडाका नागरिकहरुलाई लाभ मिल्ने आशा गरिएको छ । औपचारिक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामा,...