मकवानपुरमा हालसम्मकै सबैभन्दा बढी १ सय २५ जनामा संक्रमण पुष्टी
असोज, हेटौंडा – मकवानपुरमा हाल सम्मकै सबै भन्दा बढी १ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
गत २५ गते संकलन गरिएको २ सय ९६ जनाको नमूना परीक्षणमा आज बिहानको रिपोर्टमा १ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।
हेटौंडा उपमहानगरपालिका क्षेत्रका १ सय ७ जना, बागमती गाउँपालिकाको १४ जना र एक जना मकवानपुरगढी गाउँपालिकाका रहेका छन् ।
संक्रमित मध्ये तीनजना पुरुष जिल्ला बाहिरका रहेको जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो ।


ताम्सालिङ खबर




