कोरोनाबाट थप २ जनाको ज्यान गयो, गुमाउनेको संख्या १ सय ४ पुग्यो

साउन, हेटौंडा – थप २ जना कोरोना भाइरसबाट ज्यान गएको छ । नेपालमा ज्यान गुमाउनेको संख्या १ सय ४ पुगेको छ । आईतबार नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ रहेको बताए । पछिल्लो २४ घण्टामा पर्साका एक पुरुष र मोरङकी एक महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ४ पुगेको छ ।