मनहरी ५ को ७४ वर्षीय बृद्धमा कोरोना पुष्टी

भदौ, हेटौडा (मनहरी) – मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड ल्याबमा गरिएको परिक्षणमा मनहरी वडा नम्बर ५ का ७४ वर्षीय बृद्धमा संक्रमण पुष्टि भएको हो । उनी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन । बिरामीको स्वास्थ्य स्थिति विवरण र बिरामी वडा ५ को भनिएको छ, कुन ठाउँ पट्टीको हुन् त्यसबारे अस्पतालका स्वास्थ्यकर्मी संग बुझ्दै छु ।, मनहरी गाउपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनु भयो । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा भदौ ४ गते बिहीबार राती १२ बजेसम्मको नतिजा अनुसार...