सर्लाहीमा भदौ ७ गते सम्म निषेधाज्ञा
भदौ, सर्लाही – प्रदेश नम्बर २ को सर्लाहीमा भदौ ७ गतेसम्मका लागि थप निषेधाज्ञा बढाइएको छ ।
गत साउन २६ गतेबाट सात दिनका लागि पहिलोपटक जारी गरेको निषेधाज्ञालाई कडाइका साथ पुनः सात दिनका लागि थपिएको स्थानीय प्रशासनले जनाएको छ ।
जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको आइतबार बसेको बैठकले सिफारिस गरेपछि दोस्रो पटक निषेधाज्ञा आदेश जारी गरिएको छ । सर्लाहीमा हालसम्म ९ सय ५९ जना कोरोना संक्रमित र एकजनाको मृत्यु भएको छ ।






