आइसोलेसनमा रोजेखोजे जस्तो खान पाइँदैन – प्रवक्ता गौतम

तामसालिङ खबर
५ भाद्र २०७७, शुक्रबार ०८:३१

भदौ, काठमाडौं – संक्रमितहरु आइसोलेसनमा बस्दा समस्या हुन सक्ने हुन्छ, खानपिनमा पनि भनेजस्तो नपाइन सक्ने भएकाले आइसोलेसनमा जे भेटिन्छ त्यसैलाई मीठो मानेर खान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले अनुरोध गरेको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा गौतमले भने, ‘आइसोलेसनमा स्वाथ्यकर्मीबाट सेवा सल्लाह लिनुपर्छ र अनुशासित भएर जनस्वास्थ्यका मापदण्ड अपनाएर बस्नुपर्छ ।

आइसोलेसनमा बस्दा भरसक सफा सुग्गर र पोसिलो खाने कुरा खान पनि उनले आग्रह गरेका छन् । साथै उनले राजधानी र सहरमा संभ्रान्त परिवार भनिएकाले नै कोरोनाबारे नकारात्मक कुरा गरिरहेका आरोप लगाएका छन् ।

​आइसोलेसमा बस्दा पनि सक्दो सहयोग गर्ने बानी बसाउन उनले आग्रह गरेका छन् । निषेधज्ञा लागु गरिएको र यसलाई सबैले पालना गर्न र यसबाट बच्न हार्दिक आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*