नेपालमा थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टी

जेठ ३१, काठमाण्डौ – नेपालमा शनिबार थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा थप ३३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमतिमा २४७ जना पुरुष र २६ जना महिला रहेका छन् । त्यस्तै कोरोनाको संक्रमणबाट थप दुइ जनाको मृत्यु भएको छ । बाराको निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको उनमा कोरोना पुष्टी भएकाे छ । पर्सामा जेठ...