सलहले एक दिनमा ३५ हजार व्यक्तिलाई पुग्ने खाना खाने गर्दछ

एजेन्सी – सलह । तौल मात्र २ ग्राम । खान्छ पनि त्यति नै । तर जब यो सलह लाखौं करोडौंको संख्याको बथान बनाएर हमला गर्छ तब केही मिनेटमा नै यसले पूरा बाली नै बर्बाद गर्न सक्छ । सलह सुनसान इलाकामा पाइन्छ । सलह यसपटक पुनः चर्चामा छ । सलह फट्यांग्रा (लकस्ट) को वैज्ञानिक नाम स्चिस्टोसिरका ग्रेगारिया हो। यसको एक बथान (झुन्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको छ। अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको छ। भारतको दिल्ली, उत्तर प्रदेश, झासीलगायत स्थानमा यसको बथान प्रवेश...