बागमती प्रदेशका ७१ गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्त गरिने

भदौ, हेटौंडा – बागमती प्रदेश सरकारले प्रदेशका ७१ वटा गाउँपालिकामा न्याय सम्पादनमा सहजीकरण गर्न न्यायिक सहजकर्ता नियुक्त गर्ने भएको छ । यसका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गाउँपालिकाहरूमा न्यायिक सहजकर्ता नियुक्तिका लागि भन्दै मंगलबार सूचना प्रकाशन गरेको छ । प्रदेशको ११ वटा जिल्लाका ७१ वटा सहजकर्ता नियुक्तिको प्रक्रिया अगाडि बढाएको मन्त्रालयका सचिव ध्रुव गैँडाले जानकारी दिए । सचिव गैँडाका अनुसार प्रदेशको ७४ मध्ये ७१ वटा गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्तिका लागि मंगलबार सूचना प्रकाशन गरेको हो । मन्त्रालयले न्यायिक सहजकर्ताहरूलाई करारमा नियुक्त गर्न लागेको सचिव गैँडाको जानकारी दिए।...