हेटौंडा अस्पतालमा १ सय ३० जना कर्मचारी माग

तामसालिङ खबर
२९ श्रावण २०८०, सोमबार ११:४२

साउन, हेटौंडा – हेटौंडा अस्पतालद्वारा एकै पटक १ सय ३० जना कर्मचारी माग गरिएको छ । अस्पतालले सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

अस्पतालको सेवालाई थप ब्यबस्थित बनाउनका लागि कर्मचारी माग गरिएको हो । अस्पतालले माग गरेका कर्मचारीहरु अधिकांश स्वास्थ्य प्राबिधिकहरु रहेका छन् । सबै भन्दा धेरै स्टाप नर्श ४५ जना माग गरिएको छ।

अस्पतालले मेडिकल अधिकृतहरु, डाक्टरहरु, हेल्थ असिस्टेण्ट, ल्याब टेक्निसियन, फार्मेसी साहायक, रेडियो ग्राफर, मेडिकल रेकर्डर (सुपरभाइजर) सहायक कम्प्युटर अप्रेटर, सुरक्षा गार्ड, स्वीपर लगायतका १ सय ३० जना कर्मचारी माग गरिएको हो।

बिज्ञापन हेर्नुहोस् –

[pdf-embedder url=”https://www.tamsalingkhabar.com/wp-content/uploads/2023/08/HetaudaHospital_Vacancy.pdf”]

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*