एमसीसी सम्झौता तत्काल अघि नबढाइने

साउन, काठमाडौँ – सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता तत्काल संसदमा टेबुल नगर्ने भएको छ । सरकार सञ्चालनसम्बन्धी ‘संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम’ को मस्यौदामा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी नीतिमा एमसीसी सम्झौता यथास्थितिमा अघि नबढाउने संकेत गरिएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले बनाएको ‘न्यूनतम साझा कार्यक्रम’ मा परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने प्रस्ताव छ । ‘परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने र ती नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि राष्ट्रिय सहमतिको पहल गर्ने भन्नुको अर्थ एमसीसीलगायतका मुद्दा तत्काल अगाडि बढ्दैन भन्ने नै हो,’...