पर्यटकका लागि क्वारेन्टाइनको व्यवस्था हट्यो

चैत्र, काठमाडौं – कोरोना भाइरस विरुद्धको खोप लगाएका वा ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आउने पर्यटकहरुका लागि क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैंठकले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पेस गरेको कार्य विधि पास गरे सँगै खोप लगाएर र ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आएका पर्यटकहरु सिधै घुम्न जान पाउने भएका हुन् । यस्तै पर्यटकहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनअराइभल भिसा दिने समेत निर्णय भएको छ । पर्यटनमन्त्री भानुभक्त ढकालले पर्यटकहरुलाई नेपालमा सहज प्रवेश दिनका लागि क्वारेन्टाइनको व्यवस्था हटाउने र अनराइभल भिसा दिने निर्णय...