आइफोन ११ विश्वकै लोकप्रिय बन्न सफल
एजेन्सी – अमेरिका र चीनबीच व्यापार युद्ध चर्किरहेको बेला चिनियाँ बजारमा अमेरिकी कम्पनी एप्पलको आइफोन ११ सबैभन्दा लोकप्रिय स्मार्टफोन बन्न सफल भएको छ । काउन्टर प्वाइन्ट रिसर्चको पछिल्लो रिपोर्टअनुसार चालु वर्ष सन् २०२० को दोश्रो त्रैमासिकमा चिनियाँ बजारमा आइफोन ११ सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन बनेको छ । रिपोर्टअनुसार आइफोन ११ पहिलो स्थानमा रहँदा ओप्पो ८, अनर ९ एक्स, भिभो वाइ थ्री र हुवावे मेट ३० फाइभ जी शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । यीमध्ये आइफोन ११ र हुवावे मेट ३० फाइभ जी मात्रै पि्रमियम सेग्मेन्टका फोन हुन्...

















