विश्वमा ८१ लाख नाघ्याे, कोरोना सङ्क्रमित
असार २ एजेन्सी – विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमित संख्या ८१ लाख नाघेको पुष्टी भएको छ । विश्वका विभिन्न देशमा गरी ८१ लाख १३ हजार ६ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ४२ लाख १३ हजार ६ सय ३ जना निको भएका वर्ल्डओमिटरले जनाएको छ । त्यस्तै, ४ लाख ३९ हजार ८५ जनाको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । यसैबीच भारतमा लकडाउन खुकुलो भए सँगै कोरोना सङ्क्रमित र ज्यान गुमाउनेको संख्या झण्डै दोब्बरले बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ । गएको जेठ १९ गते देखि...















