बलिउड अभिनेता इरफान खानको निधन
बैशाख १७, मुम्बई – बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उनको निधन भएको इन्डिया टुडेले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि मंगलबार उनलाई अस्पतालमा आइसियूमा राखिएको थियो । उनलाई कोलन इन्फेक्सन भएको थियो । मंगलबार अस्पतालले दिएकाे जानकारीअनुसार इरफानको छाती दुखेको कारण शारीरिक अवस्था अलि बिग्रेको थियो । साथै सास फेर्न पनि गाह्रो भइरहेको थियो । न्युरोएन्डोक्राइन ट्युमर भएपछि गत वर्ष लन्डनमा उपचार गराएर फर्किएका उनी कोकिलाबेन अस्पतालको चिकित्सक सँग स्वास्थ्योपचार गराइरहेका थिए । सन् २०१८ को मार्चमा उनलाई...















