भारतमा लकडाउन थप्ने तयारी
चैत्र, काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्री मोदीले लकडाउन थप गर्ने तयारी गरेका छन् । उनले यसका लागि विभिन्न प्रदेशका मूख्यमन्त्रीहरुसंग छलफल गरेका हुन् । २१ दिनको लकडाउन सकिनै लाग्दा उनले मूख्यमन्त्रीहरुसंग छलफल गरेकोमा अधिकांशले बढाउनुपर्ने सुझाव दिएका थिए । अधिकांशको धारणा अप्रिल महिनाभर बढाउनुपर्ने धारणा छ । तर प्रधानमन्त्री मोदीलाई नै कति बढाउने भन्ने अधिकार रहेको मूख्यमन्त्रीहरुले भन्दै आएका छन् । महाराष्ट्र, पश्चिम बंगाल, ओडिशा, पञ्जाब, उत्तराखण्ड र हरियाणामा पनि लकडाउन बढाएका छन् ।


















