नेपालले आफूलाई एक्लो नठान्‍नु, हामी साथमा छौं – चीन

चैत्र, काठमाडौं – कोरोना भाइरसको संक्रमणले नेपाललाई समस्यामा पार्न लागिरहेको अवस्थामा चीनले सहयोग गर्न तयार रहेको प्रतिवद्धता पुन: दोहोर्‍याएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपाललाई चीनको बलियो साथ रहेको बताएकी हुन् । सरकारले नेपाललाई एक साताका लागि लकडाउनमा लाने कदम चालेलगत्तै चीनको यस्तो भनाइ आएको हो। ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं’, उनले भनेकी छन्, ‘हामी नेपालका साथीहरुलाई सहयोग पुर्‍याउन तत्पर छौं। चिकित्सा सामाग्रीहरु सकेसम्म मिलाउँदैछौं, हामी साथमा छौं ।’ उनले कोरोना भाइरससँग जुधिरहेको नेपालले एक्लो महसुस गर्नु नपर्ने पनि बताएकी छन् । ‘तपाईंहरु...