अत्यावश्यक अवस्थामा बाहेक बाहिर ननिस्कन कतारस्थित नेपाली दूतावासको अनुरोध

तामसालिङ खबर
२९ फाल्गुन २०७६, बिहीबार ०९:०७

फाल्गुन, काठमाडौं – कतारस्थित नेपाली दूतावासले अत्यावश्यक अवस्थामा बाहेक भेटघाट वा भौतिक सम्पर्कमा नरहन त्यहाँ कार्यरत नेपाली समूदायलाई अनुरोध गरेको छ ।

कतारमा ३ आप्रवासीसहित १५ जनामा कोरोनाभाइरसको पुष्टि भएको भन्दै नेपाली दूतावासले यो अवस्थामा कतार सरकारले नेपालसहित १४ वटा मुलुक वा ती मुलुक हुँदै कतार प्रवेश गर्ने व्यक्तिलाई सोमबारदेखि लागू हेने गरी अस्थायी रुपमा रोक लगाएको जनाएको छ ।

कतार सरकारले अपनाएको सतर्कता र संवेदनशीलतालाई मध्यनगर गर्दै अत्यावश्यकबाहेक एक आपसमा भौतिकरुपमा नभइ टेलिफोन वा इमलेमार्फत सम्पर्क गर्न दूतावासले कतारस्थित नेपाली समूदायलाई अनुरोध गरेको हो ।

साथै दूतावासबाट प्रवाह हुने सेवाका सम्बन्धमा समेत आवश्यक जानकारी लिनु परेमा भौतिक रुपमा दूतावास पुग्नुनपर्ने र सोको जानकारी दूतावासको फोन नम्बर ४४६७५६८१/४४६७५६८३ र ४४१७१९६२ मार्फत लिन अनुरोध गरेको छ । यस्तै दूतावासको इमलेमा पनि सम्पर्क गर्न सकिने सोमबार जारी सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*