सनिप लामाको नेतृत्वमा तामाङ समाज क्रोएसिया गठन
मंसिर, क्रोएसिया – तामाङ समाज क्रोएसियाको अध्यक्षमा सनिप लामा चयन भएको छ । समाजको वरिष्ठ उपाध्यक्ष गन बहादुर तामाङ, उपाध्यक्षहरु मानबहादुर तामाङ, हरि तामाङ, प्रकाशचन्द्र तामाङ, प्रमिता थोकर, दुदराज ब्लोन चयन गरेका हुन् ।
त्यस्तै महासचिव विशाल तामाङ, सचिव, बुद्ध लामा, सहसचिव जीवन तामाङ, कोषाध्यक्ष दिपा लामा,सहकोषध्यक्ष सिर्जना तामाङ योन्जन रहेका छन् । समाजको सदस्यहरु क्रमशः सुरज स्याङ्तान, सुदिप स्याङ्तान, दिघां लामा, सरिसा छोतेन, विनोद तामाङ, रमेश भोलन, वृषा तामाङ, टिकाजंग घिसिङ, राजेन्द्र लामा, कुमारी तामाङ, सुमन तामाङ, गंगराज बंम्जन, रोस्निता गोले, शेखर तामाङ, निमल बल, निखिल बंम्जन, सन्तोष तामाङ, जीवन मोक्तान, कमन लामा, सुन्दरी लामा र आशा लामा चयन भएका छन् ।
समाजको संरक्षक सल्लाहकारका समाजसेवी एवं व्यवसायी दावा लामा रहेको छ। त्यस्तै समाजको प्रमुख सल्लाहकार साइमन लामा, सल्लाहकारहरु नोर्बु लामा, ठाकुर घिसिङ, धनबहादुर तामाङ छन् । समाजको प्रवक्तामा प्रियसन स्याङ्तान, संचार विभाग गगन तामाङ, व्यवस्थापक अब्राहम तामाङ, संस्कृति विभाग प्रमुख कमल रुम्बा र सचिब विजय पाख्रीन र लामा बिभागमा कमल योन्जन र लोप्सान तामाङ रहेका छन् ।
नवगठित तामाङ समाजका अध्यक्ष सनिपले क्रोएसिया कार्यरत तामाङहरुलाई एकीकृत गरेर भाषा, धर्म, संस्कृति र परम्परा लगायतका संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले समाजको स्थापना गरिएको बताए । उनका अनुसार समाजले क्रोएसियामा ल्होछारका साथै अन्य विविध कार्यक्रमहरु गर्नेछन्।






