चिनियाँ गठबन्धनमा विश्वका १२६ देश
एजेन्सी – विश्व विकास रणनीतिअन्तर्गत चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको महत्वाकांक्षी रणनीतिक परियोजना हो बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) । यो परियोजना राष्ट्रपति सीले सन् २०१३ मा प्रस्ताव गरेका थिए, जुन प्रस्ताव आज विश्वव्यापी बन्दै गएको छ। चीनले १५२ वटा देशसँग विकास परियोजना साझेदारी गर्ने लक्ष्य राखेको छ। त्यसमा एसिया, यूरोप, अफ्रिका, मध्यपूर्व र अमेरिकी देशहरुलाई सहभागी गराइनेछ। यद्यपि, दक्षिण र उत्तर अमेरिकाका अधिकांश देशहरुले बिआरआइबारे औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्। बिआरआइका साझेदार १२६ देश हाल सम्म बिआरआइमा १२६ देशले सहभागिता जनाएका छन्। चीनले बिआरआई अन्तर्गत विश्वका २९...


















