फेसबुकले लाइक र रिएक्सनको संख्या देखाउन बन्द गर्दै

असोज, एजेन्सी – फेसबुकले कुनै पनि पोष्टको लाइक एवं रिक्सेनको गणना नदेखाउने तयारी थालेको छ । विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाए अनुसार फेसबुले अष्ट्रेलियाबाट यसको सूरुवात गर्ने तयारी गरेको हो । मानिसहरुले कुनै पनि पोष्टमा भएका लाइक एवं रिक्सेनको गणना अनुसार त्यो पोष्टलाई मान्यता दिने गररेको देखिएका कारण फेसबुकले यस्तो तयारी थालेको समेत जानाइएको छ । अष्ट्रेलियाई प्रसारण निगम एबीसी ले जनाए अनुसार फेसबुकले धेरै मानसिक संघ संस्था एवं फेसबुकले एनालाइस गरेको डाटा अनुसार मानिसहरुले फेसबुकका पोष्टको क्वालिटी भन्दा पनि लाइक एवं रिएक्सनलाई बढी मान्यता दिने गरेको पाइएपछि यस्तो...