भारत-पाकिस्तानको सीमा नजिक भुकम्पको धक्का, नयाँदिल्लीसम्म धक्का महसुस

तामसालिङ खबर
७ आश्विन २०७६, मंगलवार १८:२२

असोज ७, भारत – भारत-पाकिस्तानको सीमा नजिक मंगलबार ६.३ म्याग्नेच्युडको भूकम्प गएको छ । स्थानीय सञ्चार माध्यमहरूले जनाए अनुसार मंगलबार अपरान्ह ४:३१ बजे लाहौरबाट १८३ किलोमिटर उत्तरपूर्वमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्मै महशुस गरिएको छ।

भूकम्प आएपछि दिल्लीका मानिसहरू घर छोडेर बाहिर निस्किएका छन् । भूकम्पको धेरै प्रभाव जम्मु कस्मिरमा परेको बताइएको छ । हरियाणा, उत्तर प्रदेश, पञ्जाब, चण्डीगढ लगायत क्षेत्रमा पनि भूकम्पको धक्का महशुस गरिएको छ ।
भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*