पूर्वी चीनमा आगलागी हुदाँ ५ जनाको मृत्यु, ३ घाइते
कार्तिक २९, चीन (सिन्हवा) – पूर्वी चीनको आन्हुइ प्रान्तमा रहेको एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् ।
स्थानीय समया अनुसार शुक्रबार बिहान ५ः५७ बजे आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो ।
आगलागी १ सय ५० वर्ग मिटरसम्म फैलिएको स्थानीय स्रोतले जनाएको छ । आगालागी भएको बेला उक्त भवनभित्र २५ व्यक्ति रहेका थिए । ती मध्ये आठ जनालाई उपचारको लागि अस्पताल लगिएको थियो ।
उपचारको क्रममा पाँचको मृत्यु भएको थियो । एक जनाको अति सघन कक्ष (आइसियु) मा राखेर उपचार भईरहेको र सामान्य रुपमा घाइते भएका दुई जना उपचारपछि घर फकिएको जनाइएको छ ।
स्थानीय समयानुसार शुक्रबार विहान ७ः५० मा उक्त आगलागी नियन्त्रणमा लिइएको र आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताइएको छ ।






