फ्रान्समा कोरोनाबाट थप २४० को मृत्यु

तामसालिङ खबर
१२ चैत्र २०७६, बुधबार ०८:०१

चैत, काठमाडौं – फ्रान्समा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा २४० भन्दा बढीको मृत्यु भएको छ । यस सँगै फ्रान्समा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय पुगेको छ ।

यसैगरी फ्रान्समा २ हजार ४ सय ४४ नयाँ संक्रमित फेला परेका छन् । यससँगै फ्रान्समा कोरोना पुष्टि भएको संख्या २२ हजार ३ सय पुगेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि युरोपका अन्य देशहरुसँग फ्रान्सले पनि धेरै प्रकारका कडा प्रतिबन्ध लगाएको छ ।

फ्रान्समा १७ मार्च देखि लकडाउन गरिएको छ । सुरुमा १५ दिनका लागि गरिएको लकडाउन अझै बढाउने तयारी भइरहेको बीबीसीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*