कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८ हजार बढी, सबैभन्दा धेरै अमेरिकामा मृत्यु
चैत्र, हेटौडा – बिश्वब्यापी फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट आइतबार सम्ममा मृत्यु हुनेको संख्या एक लाख ८ हजार ९ सय ७ जना पुगेको छ । आइतबार बिहान सम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ लाख ८३ हजार ७ सय २४ जना रहेको छ ।
संक्रमित मध्ये करिब ४ लाख ४ हजार ८ सय ९३ जना भने निको भएको वल्ड मिटर इन्फो डटकमले जनाएको छ ।
अमेरिकामा २० हजारभन्दा बढीको मृत्यु
कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको अमेरिकामा मात्रै आइतबार बिहान सम्म २० हजार ५ सय ८० जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या करिब ५ लाख ३३ हजार १ सय १५ जना रहेको छ भने निको हुनेको संख्या ३० हजार ५ सय २ रहेको छ । अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने न्युयोर्क सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अमेरिकाको योमिङ राज्यमा भने अहिले सम्म कसैको मृत्यु भएको छैन ।
आइतबार बिहान सम्म इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार ४ सय ६८ जना रहेको छ । त्यस्तै इटालीमा संक्रमितको संख्या करिब १ लाख ५२ हजार भन्दा बढी रहेको छ । संक्रमित मध्ये करिब ३२ हजार ५ सय ३४ जना निको भएका छन् ।
त्यस्तै कोरोना भाइरसको संक्रमणबाट स्पेनमा १६ हजार ६ सय ६, फ्रान्समा १३ हजार ८ सय ३२, बेलायतमा ९ हजार ८ सय ७५, इरानमा ४ हजार ३ सय ५७, चीनमा ३ हजार ३ सय ४०, बेल्जियममा ३ हजार ३ सय ४६, जर्मनीमा २ हजार ८ सय ७१, नेदरल्यान्ड्मा २ हजार ६ सय ४३, ब्राजिलमा एक हजार १ सय ४१, टर्कीमा एक हजार १ सय १ जना र स्विजरल्यान्डमा एक हजार ३६ जनाको मृत्यु भएको वल्ड मिटर इन्फो डटकममा उल्लेख छ ।






