लकडाउनमा विवाह गर्दा बेहुला-बेहुली पक्राउ

तामसालिङ खबर
२५ चैत्र २०७६, मंगलवार १२:४६

चैत्र, अफ्रिका – दक्षिण अफ्रिकामा लकडाउनको नियम उल्लंघन गरेर विवाह गर्ने जोडीलाई प्रहरीले पक्राउ गरेका छन् । प्रहरीले भोजमा सामेल ५० जना पाहुना र विवाह गराउने पास्टरलाई समेत समातेको छ ।

दक्षिण अफ्रिकामा सरकारले कोरोना भाइरस रोकथामका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ । तर, क्वाजुलु नाटाल प्रान्तका एक जोडीले यही मौकामा विवाह गरेका थिए । विवाह लगत्तै भोज चलिरहँदा आइतबार उनीहरुलाई प्रहरीले पक्राउ गरेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा पक्राउ पर्दै गर्दा बेहुलाले बेहुलीलाई प्रहरीको गाडीमा चढाउन सहयोग गरिरहेको देख्न सकिन्छ । दक्षिण अफ्रिकामा हालसम्म १ हजार ६ सय ५५ जना संक्रमित भएका छन् । संक्रमित ११ जनाको मृत्यु भएको छ। बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*