कोरोनाको कारण विश्वभर दुई लाख ३ हजार मृत्यु, २९ लाख २१ हजार भन्दा बढी संक्रमित

तामसालिङ खबर
१४ बैशाख २०७७, आईतवार १०:०२

बैशाख १४, हेटौडा – विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट हाल सम्म विश्वभर २ लाख ३ हजार २ सय ९० को मृत्यु भएको छ भने २९ लाख २१ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

वल्ड मिटर्स इन्फोमा दिएको तथ्यांक अनुसार आइतबार बिहान सम्ममा संयुक्तराज्य अमेरिकामा २४ घण्टाको अवधिमा २ सय ४५ जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५४ हजार २ सय ६५ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २० हजार १ सय १८ जना पुगेको छ ।

युरोपेली मुलुकहरु मध्ये इटालीमा २६ हजार ३ सय ८४ जना, स्पेनमा २२ हजार ९ सय २ जना, फ्रान्समा २२ हजार ६ सय १४ जना, बेलायतमा २० हजार ३ सय १९ जना, बेल्जियममा ६ हजार ९ सय १७ जना, जर्मनीमा ५ हजार ८ सय ७७ जना, नेदरल्यान्ड्समा ४ हजार ४ सय ९ जना, स्वीडेनमा २ हजार १ सय ९२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५ सय ९९ जना, रसियामा ६ सय ८१ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ६ सय ५० जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ४ हजार ५७ जना, मेक्सिकोमा १ हजार ३ सय ५ जना, भारतमा ८ सय २५ जनाको मृत्यु भएको छ ।

कोरोनामहामारीको पछिल्लो स्थिति
विश्वभरः कूल संक्रमित – २९ लाख २१ हजार २ सय १ जना । निको – ८ लाख ३६ हजार ९ सय ७० जना । मृत्यु – २ लाख ३ हजार २ सय ८९ जना
१. युरोपः कूल संक्रमित – १२ लाख ५२ हजार ५ सय ३ जना । निको – ४ लाख ७ हजार ४९ जना । मृत्यु – १ लाख २० हजार १ सय १८ जना
२. उत्तर अमेरिकाः कूल संक्रमित – १० लाख ३६ हजार ५ सय २५ जना । निको – १ लाख ४४ हजार ३ सय १७ जना । मृत्यु – ५८ हजार ७ सय ३ जना
३. एसियाः कूल संक्रमित – ४ लाख ६० हजार ६ सय ९५ जना । निको – २ लाख २० हजार ७ सय ७२ जना । मृत्यु – १६ हजार ९ सय ५३ जना
४. दक्षिण अमेरिकाः कूल संक्रमित – १ लाख ३१ हजार ३ सय ७४ जना । निको – ४७ हजार ९ सय २४ जना । मृत्यु – ६ सय २० जना
५. अफ्रिकाः कूल संक्रमित – ३१ हजार १ सय २ जना । निको – ९ हजार ५ सय ३० जना । मृत्यु – १ हजार ३ सय ७९ जना
६. ओसेनिया(अस्ट्रेलिया) – कूल संक्रमित – ८ हजार २ सय ८१ जना । निको – ६ हजार ७ सय ३३ जना । मृत्यु १ सय १ जना

दक्षिण एसियाली सार्क मुलुकहरु :
१. भारतः कूल संक्रमित- २६ हजार २ सय ८३ जना । निको – ५ हजार ९ सय ३९ जना । मृत्यु – ८ सय २५ जना
२. पाकिस्तानः कूल संक्रमित – १२ हजार ७ सय २३ जना । निको – २ हजार ८ सय ६६ जना । मृत्यु – २ सय ६९ जना
३. बंगलादेशः कूल संक्रमित – ४ हजार ९ सय ९८ जना । निको – १ सय १३ जना । मृत्यु – १ सय ४० जना
४. अफगानिस्तानः कूल संक्रमित- १ हजार ४ सय ६३ जना । निको – १ सय ८८ जना । मृत्यु – ४७ जना
५. श्रीलंकाः कूल संक्रमित – ४ सय ६० जना । निको – १ सय १८ जना । मृत्यु – ७ जना
६. माल्दिभ्सः कूल संक्रमित – १ सय ७७ जना । निको – १७ जना
७. नेपालः कूल संक्रमित – ४९ जना । निको – १२ जना
८. भूटानः कूल संक्रमित – ७ जना । निको – ३ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*