आफ्नो नागरिक फर्काउन बेलायतले १४ वटा विमान भारत पठाउने

तामसालिङ खबर
१३ बैशाख २०७७, शनिबार ०७:५५

बैशाख – बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ । आफ्ना करिब ३ हजार ६०० जना नागरिक बेलायत लैजाने बेलायतले गरेको बताइएको छ ।

उनीहरु हाल भारतमा रहेकोले स्वदेश फर्काउनका लागि यही अप्रिल २८ तारिखबाट ती विमानहरु भारत पठाउन लागिएका हुन् । बेलायत सरकारले ती विमान हाल भारतमा रहेका बेलायती नागरिकका लागि पठाउन लागेको हो ।

दक्षिण एसिया तथा कमनवेल्थ सम्बन्धी बेलायती मन्त्री लर्ड (तारिक) अहमदका अनुसार ती विमानहरु यही अप्रिल २८ मा भारतमा पठाइने छ । बेलायतले भारतमा रहेका आफ्ना नागरिकलाई लैजान यसअघि पनि चार्टर विमानहरु पठाएको थियो । यसमार्फत बेलायतमा आफ्ना ६ हजार ५०० जना नागरिकलाई स्वदेश फर्काइसकेको छ ।

मन्त्रीका अनुसार बेलायतले आगामी दिनमा पनि भारतमा रहेका करिब ७ हजार नागरिकलाई स्वदेश फर्काउने योजना बनाएको छ । अहिले बेलायत र भारतमा नियमित उडानहरु बन्द छन् । तर पनि बेलायतले स्वदेश फर्किनुपर्ने समस्यामा रहेका नागरिकहरुलाई छानेर उनीहरुको उद्धार स्वरुप यसरी स्वदेश ल्याउने गरिएको छ ।

भारतमा रहेका कम्तीमा १३ हजार बेलायती नागरिकले आफूहरु स्वदेश फर्किनैपर्ने समस्यामा रहेको भनी आवेदन गरेका बेलायत सरकारले जनाएको   छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*