क्यानडाले अमेरिका संग जोडिएको सिमाना ३० दिनको लागि बन्द

तामसालिङ खबर
७ बैशाख २०७७, आईतवार ०८:०२

बैशाख ७, काठमाडौं – क्यानडाले अमेरिका सँग जोडिएको आफ्नो सिमाना थप ३० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । यसबीचमा अत्यावश्यक बाहेकका काममा आउजाउ गर्न पाइने छैन ।

कोरोना भाइरसको महामारीका कारण पहिल्यैदेखि अत्यावश्यक बाहेकका काममा यात्रा गर्न प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्ध आउँदो मंगलबार सकिँदै थियो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दुवै तर्फका नागरिकलाई सुरक्षित राख्न सिमाना बन्द गर्नु अत्यावश्यक भएको बताएका छन् ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार क्यानडामा ३४ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १४ सय जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*