विश्वभर अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्न प्रधानमन्त्रीलाई आग्रह (ज्ञापनपत्र सहित)
बैशाख १२, काठमाडौं – बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारीका कारण विश्वभर अलपत्रमा परेका नेपालीहरुलाई उद्धार गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
४० भन्दा बढी मुलुकहरुमा च्याप्टर र सम्पर्क कार्यालय समेत स्थापना भैसकेको सामाजिक संस्था हामी नेपाली ग्लोबलले अमेरिकाको न्यूयोर्कस्थित नेपाली राजदूतावास मार्फत प्रधानमन्त्रीलाई ज्ञापन-पत्र बुझाएको छ ।
न्यूयोर्कस्थित नेपाली राजदूतावासमा ज्ञापन-पत्र बुझाउँदै विश्वभर कोरोनाभाइरसको संक्रमण महामारीको कारण विश्वभरका नेपालीहरुलाई परेको समस्या र त्यसको समाधानलाई प्रमुख प्राथमिकता दिन आग्रह गर्दै ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले ज्ञापन पत्र बुझाएको हो ।
कोरोनाभाइरसको संक्रमणको कारण विश्व आक्रान्त बनिरहेको अवस्थामा नेपाल र नेपाली पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा मारमा परेका छन् । देशभित्र अथा देशवाहिर रहेका हरेक नेपालीहरुकाे विषम् परिस्थितिलाई मध्येनजर गरी चाँडाे भन्दा चाँडाे उद्भार गर्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन-पत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।
ज्ञापन पत्र हेर्नुहोस् –







