कतारमा थप ३९२ जनामा कोरोना संक्रमण पुष्टी
बैशाख ४, कतार – कतारमा बिहिबार बेलुका सम्म थप ३९२ जनामा कोरोना भाइरस संक्रमित पुष्टी भएको छ । यो संगै कोरोना संक्रमितको संख्या ४१०३ पुगेको छ । आजै मात्र ९ जना संक्रमित भने निको भै घर फर्केका छन् ।
कतारमा हाल सम्म ४१५ जना निको भएर घर फर्किएका छन् । भाइरसबाट हालसम्म ७ जनाको मृत्यु भएको छ । सरकारले ल्याब केन्द्र बढाएर परिक्षण तिब्र गरेपछि केहि दिन यता देखि संक्रमितको संख्या उच्च देखिएको हो । स्रोत: qnkhabar






