चिनियाँ सेनालाई युद्धका लागि तयार रहन राष्ट्रपतिले दिए आदेश

तामसालिङ खबर
१४ जेष्ठ २०७७, बुधबार २०:३९

बेइजिङ – चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना सेनालाई युद्धको लागि तयार रहन आदेश दिएका छन् । देशको सार्वभौमसत्ता रक्षाका लागि खराब अवस्थाको सामना गर्न तयार रहन उनले आदेश दिए । चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीका नेता सीले सेनालाई खराब अवस्थाबारे सोच्न पनि भनेका छन् ।

पछिल्लो समय लद्दाखलगायत केही सीमाक्षेत्रमा भारतीय सेनासँग तनाब बढिरहँदा चिनियाँ राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् । गत मार्चयता चिनियाँ सेना र भारतीय सेनाबीच कैयौँ पटक भनाभन र झडप समेत भएको छ ।

यसबीचमा चिनियाँ सेनाले सीमाक्षेत्रमा बंकर बनाउने तयारी गरेको छ भने भारतीय सेनाले गस्ती बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*