जापानमा जारी गरिएको संकटकाल हटाइयो

तामसालिङ खबर
१३ जेष्ठ २०७७, मंगलवार ०८:१७

जेठ १३, जापान – जापानी प्रधानमन्त्री सिन्जो आबेले देशभर जारी गरिएको संकटकाल हटाइएको घोषणा गरेका छन् । त्यसैगरी प्रधानमन्त्री आबेले अन्य क्षेत्रमा लगाइएको प्रतिबन्ध पनि अन्त्य गरिएको बताइएको छ ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देशव्यापी जारी गरिएको संकटकाल अन्त्यका लागि बनाइएको कडा मापदण्ड पूरा भएकोले संकटकाल अन्त्य भएको बताए । मेको मध्यदेखि जापानका अधिकांश क्षेत्रमा प्रतिबन्ध हटाइएको थियो ।

कोभिड १९ प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य संकटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइडोमा जारी राखे पनि सोमबारदेखि उक्त सहरमा समेत संकटकाल हटाइएको हो ।

अन्य मुलुकको तुलनामा जापानमा कोरोना संक्रमितको अवस्था कम भएको बताइएको छ । जापानमा हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार ५सय ५० पुगेको छ भने ८ सय २० कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*