बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड
असोज, एजेन्सी – बलात्कारीलाई मृत्युदण्डको माग राख्दै आन्दोलन चर्किएपछि बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने भएको छ । बंगलादेश सरकारले बलात्कारको मुद्दामा दुषी ठहरभएकालाई मृत्युदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको हो ।
सोमबार पारित गरिएको विधेयक अनुसार बंगलादेशमा बलात्कारको मुद्दामा दोषी पाइएका अभियुक्तलाई मृत्युदण्ड वा कठोर जन्मकैदको फैसला सुनाइनेछ । अहिलेसम्म बंगलादेशमा बलात्कारको मुद्दामा जन्मकैदको मात्र व्यवस्था थियो ।






