७५३ पालिका र ६ हजार ७४३ वडाका उम्मेदवारहरुको अन्तिम नामावली (सूचीसहित)

बैशाख, काठमाडौ – निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहका वडा सदस्यदेखि पालिका प्रमुखसम्मका सबै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगका अनुसार ७५३ पालिका र ६ हजार ७४३ वटा वडामा गरी जम्मा एक लाख ४५ हजार ९२ जनाको उम्मेदवारी परेको छ । केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने, केही स्थानमा इन्टरनेटको समस्या, केही स्थानमा विद्युतको समस्या जस्ता कारणले सूची सार्वजनिक गर्नमा ढिलाइ भएको आयोगले जनाएको छ । झण्डै ८ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । केहीको उम्मेदवारी आयोगले नै खारेज गरिदिएको थियो । कानूनअनुसार नपरेका उम्मेदवारी...