साफ महिला च्याम्पियनसिपको प्रारम्भिक टिममा ३५ खेलाडी छनोट

साउन, काठमाडौ – महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुमार थापाले प्रारम्भिक टोलीमा खेलाडी संख्या ३५ जनामा झारेका छन्। गत साता बन्द प्रशिक्षणमा बोलाइएका ५८ खेलाडीबाट ३५ जना छनोट गरिएको हो। यसअघि बोलाइएका २३ खेलाडी टिमबाट आउट भएका छन्। नेपाली महिला टिमले आगामी महिना काठमाडौंमा हुने साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछ । आगामी सेप्टेम्बर ६ देखि १९ सम्म हुने साफ महिला च्याम्पियनसिपमा दशरथ रंगशालामा हुँदैछ। नेपाली टोली गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, कविता विक डिफेन्डरः हिरा कुमारी भुजेल, सिर्जना सिंह ठकुरी, गंगा गुरुङ, अमृता जैशी, गीता राना,...