६० प्रतिशत टनेलकाे काम सकियाे, नागढुंगा सुरुङमार्ग
साउन, काठमाडौं – राजधानीबाट बाहिरिने-भित्रने मुख्य नाका नागढुंगामा निर्माणाधीन सुरुङमार्गको टनेल उत्खनन् ६० र सडक उत्खनन् ७६ प्रतिशत सकिएको छ । आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार समग्रमा करिब ४१ प्रतिशत भौतिक र ४७ प्रतिशत वित्तीय प्रगति भएको छ । सुरुङमार्गको मुख्य टनेल २६ सय ८८ मिटर निर्माण गर्नुपर्नेमा १४ सय ७५ मिटर सम्पन्न भएको छ । जसमा पूर्वतर्फ ७ सय ७० मिटर तथा दक्षिणतर्फ ७ सय ५ मिटर छ । इभाकुएसन टनेलतर्फ २५ सय ५७ मिटर निर्माण गर्नुपर्नेमा पूर्वतर्फ ९ सय २१ र दक्षिणतर्फ ६ सय ९२ गरी १६...



















