विद्युतीकरणमा करोडौंको भ्रष्टाचार भएको दाबी गर्दै अख्तियारले हाल्यो मुद्धा
चैत्र, काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष सहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको छ । गाउँपालिकामा विद्युतीकरण गर्ने क्रममा सामानको मूल्यमा घोटाला गरेको, चाहिने भन्दा बढी सामानको बिल बनाएर भ्रष्टाचार गरेको भन्दै गाउँपालिकाका अध्यक्षसहित विभिन्न वडाका विद्युत् उपभोक्ता समितिका पदाधिकारीविरुद्ध छुट्टाछुट्टै बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरिएको हो। गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काविरुद्ध ४ करोड २१ लाख रूपैयाँ बिगो असुल उपर हुनुपर्ने माग दाबी लिइएको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपानेविरुद्ध १ करोड १२...

















