नेपालको प्रतिवर्गकिलोमिटर जनघनत्व बढ्यो

तामसालिङ खबर
१३ माघ २०७८, बिहीबार ०६:२९

माघ, काठमाण्डौ – नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व बढेको पाइएको छ । वि.स. २०७८ सालको प्रारम्भिक जनगणनाको तथ्यांकले प्रतिवर्ग किलोमिटर जनघनत्व बढेको पाइएको हो ।

तथ्यांक विभागले यो वर्षको जनगणनाबाट नेपालको प्रतिवर्ग किलोमिटर जननघनत्व १९८ जना रहेको पाइएको जनाएको छ । यसअघि, वि.स. २०६८ सालको जनगणनाले नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व १८० जना थियो ।

यो एक दशकको अवधिमा नेपालको प्रतिवर्ग किलोमिटर जनघनत्व १८ जनाले बढेको छ । सबैभन्दा बढी जनघनत्व तराईमा र पहाडमा र हिमालमा सबैभन्दा कम रहेको पाइएको विभागले जानकारी दिएको छ । हिमाली जिल्लामा प्रतिवर्ग किलोमिटर ३ जना मात्रै जनघनत्व रहेको पाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*