तीन संक्रमितले पास बनाएर उपत्यका प्रवेश गरेको तथ्य खुल्यो
बैशाख ३१, काठमाण्डौ – काठमाडौं र भक्तपुरमा भेटिएका तीन जना कोरोना संक्रमित पास बनाएर काठमाडौं उपत्यका प्रवेश गरेको खुलेको छ । उनीहरु लकडाउनबीच पास बनाएर तराईबाट उपत्यका आउन सफल भएको पाइएको छ । भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि केही दिनअघि मात्र सवारी पास बनाएर तराईबाट आएको स्वास्थ्य मन्त्रालयको स्रोतले जनाएको छ । भक्तपुरमा संक्रमण भेटिएका व्यक्ति पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका व्यक्ति हुन् । एक महिनाअघिसम्म रावलको सुरक्षामा खटिएका ती सशस्त्र प्रहरी जवान केही दिनअघि मात्रै पास बनाएर तराईको जिल्लाबाट काठमाडौं आएका...


















