क्वारेन्टाइनमा बसेकाहरुमा औंलो रोगको संक्रमण देखियो

बैशाख १४, काठमाडौं – क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुमा औंलो रोगको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशका विभिन्न ठाउँमा क्वारेन्टाइनमा रहेका केही व्यक्तिहरुमा औंलो पोजेटिभ देखिएको हो । क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा औंलो परीक्षण गर्दा पोजेटिभ देखिएको मन्त्रालयका डा. देवकोटाले बताए । यद्यपि उनले कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएका छैनन् । औलो लामखुट्टाको टोकाइबाट हुन्छ । गर्मीयाममा यसको प्रकोप देखिने गरेको छ । अब क्वारेन्टाइनहरुको गुणस्तर वृद्धि गर्नुपर्ने देखिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए । अहिलेको अवस्थामा गर्भवती...