हेटौंडामा ३३८ जनाको कोरोना परिक्षण
बैशाख १३, हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस (कोभिड १९) को हाल सम्म तीन सय ३८ जनाको स्वाब परिक्षण सकिएको छ । कोरोना जाँच गरिएका मध्ये तीन जनाको स्वाब रिपोर्ट पोजेटिभ आएको हो । तीनै जनाको रिपोर्ट यस अघिनै सार्वजनिक गरिएको छ ।
हेटौंडाको किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको ल्यावमा निरन्तर रुपमा कोरोना भाइरसको शंका लागेका विरामीको स्वाब परिक्षण गरिदै आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अस्पतालले जनाएको छ ।
ल्यावमा मकवानपुर लगायत, बारा, पर्सा, रौतहट लगायतका जिल्लाबाट स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ ।






